PRABHU BANK

सनराइज बैंकको १४औं वार्षिक साधारणसभा बिहिबार हुने, यस्ता छन् छलफल हुने विषयहरु

sunrise bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक लिमिटेडको १४औं वार्षिक साधारणसभा हुने भएको छ । बैंकको साधारणसभा बिहिबार (पुस १५) गते हुने भएको हो । सभा अम्रपाली बैंक्वेट, बालुवाटार, काठमाडौंमा बिहान १०ः३० मा भर्चुअल माध्यमबाट हुने बैंकले जनाएको छ ।
सभाले सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि 0.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गरी प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै