PRABHU BANK

महुली लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा शनिबार हुदै, यस्ता छन् छलफल हुने विषयहरु

mahuli laghibitta bittiya sanstha

  • बैकिङ संसार
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा शनिबार हुने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णासवरण ६ महुली सप्तरीमा बिहान ११ बजेदेखि हुने भएको हो ।
गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरिएको २६५ बोनस सेयर पारित गर्ने विशेष प्रस्ताव रहेको छ । यद्दपि, बोनसमा लाग्ने कर तिर्न नगद लाभांश सम्बन्धी कुनै प्रस्ताव छैन ।
सभाले प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने एजेन्डा पनि छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ ।
कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै