PRABHU BANK

एनएमबि लघुवित्तको ९औं वार्षिक साधारणसभा सोमबार हुने, यस्ता छन् छलफल हुने विषयहरु

nmb laghubitta bittiya sanstha

  • बैंकिङ संसार
काठमाडौं । एनएमबि लघुवित्तको ९औं वार्षिक साधारणसभा सोमबार भोलि हुने भएको छ । संस्थाको सभा होटल पोखरा ग्रान्ड, पोखरामा बिहान ११ बजेदेखि सुरु हुने भएको हो ।
सभामा कम्पनीले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २१.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेण्डा पनि छ । अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । साथै आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफारनोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै