PRABHU BANK

एभरेष्ट बैंकको २० लाख इकाई ऋणपत्रमा आवेदन दिने सोमबार अन्तिम दिन

everest bank
  • बैंकिङ संसार
काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने(आज) सोमबार अन्तिम दिन हो । बैंकले माघ ३ गतेबाट २० लाख युनिट ऋणपत्र बिक्री खुला गरेको हो ।
बैंकका अनुसार १२ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ८ लाख युनिट सर्वसाधारणका लागि खुला हुनेछ । ५५ भने सामूहिक लगानी कोषलाई बिक्री गरिने भएको छ । लगानीकर्ताले सोमबार बैंकिङ समयसम्म मात्र यस ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।
सामूहिक लागानी कोषहरुले कुल ४० हजार इकाई पाउनेछन् । सर्वसाधारणले बाँकी ७ लाख ६० हजार युनिटका लागि आवेदन दिन सक्नेछन् । सो ऋणपत्रमा वार्षिक ८.५५ ब्याजदर दिने बैंकले जनाएको छ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै