PRABHU BANK

एनएमबि लघुवित्तको नाफा ५.८५% घट्यो, अन्य सुचकको अवस्था कस्तो ?

nmb laghubitta bittiya sanstha
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ करोड २५ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा ५.८५% ले घटेको हो । गत वर्ष भने ७ करोड ७० लाख ८४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । खुद ब्याज आम्दानी १०.२२% ले बढेपनि सञ्चालन नाफामा ५.४०% गिरावट आउँदा खुद नाफा पनि घटेको हो ।
यस्तै खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि ६ रुपैयाँ ४० पैसाले घटेको छ । हाल यसको वार्षिक प्रतिसेयर आम्दानी २२ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ७८ पैसा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै