PRABHU BANK

स्वरोजगार लघुवित्तको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ९ करोड १ लाख रुपैयाँ खुद नाफा कमाउन सफल

swarojgar laghubitta bittiya sanstha
  • बैंकिङ संसार
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा स्वरोजगार लघुवित्त वित्तीय संस्थाले ९ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३६.२४% ले धेरै हो । गत वर्ष यसले ६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि ५७.१२% ले बढेको छ । गत वर्ष १३ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यसले यो त्रैमासमा बढाएर २१ करोड ३३ लाख रुपैयाँ पुर्याएको छ ।
हाल यसको चुक्ता पुँजी ५१ करोड ४० लाख रुपैयाँ रहेको छ । रिजर्भ कोषमा भने १८ करोड ३५ लाख रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा भने २.७९% बाट बढेर २.९२% भएको छ । प्रतिसेयर आम्दानी वार्षिक ३५ रुपैयाँ ०८ पैसा ९बार्षिक० रहेको यसको प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ७ पैसा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै