PRABHU BANK

लाइफ इन्स्योरेन्स कर्पोरेसनको वार्षिक साधारणसभा फागुन ११ गते हुने, यस्ता छन् छलफल हुने विषयहरु !

lic
  • बैंकिङ संसार
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल) को वार्षिक साधारणसभा फागुन ११ गते हुने भएको छ । सभा एलआइसी शिक्षालय हल, नक्साल काठमाडौंमा बिहान ११ः१५ मा सुरु हुने भएको छ । सभामा कम्पनीले २१.०५% लाभांश प्रस्ताव पारित गर्नेछ ।
यस्तै, कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चित नाफाबाट सेयरधनीलाई २०% बोनस सेयर र कर तिर्न १.०५% नगद गरी कुल २१.०५% लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साथै, उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।
सभाका लागि कम्पनीले माघ २४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ २३ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै