PRABHU BANK

कामना सेवा विकास बैंक र सन सेक्युरिटिजबीच फाइभ इन वान सेवा सम्झौता

kamana sewa bikas bank
  • बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र सन सेक्युरिटिज प्रा.लि बीच सम्झौता भएको छ । बैंकले श्रावण १७ गते बुधबार नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त ब्रोकर कम्पनीसँग सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ ।
उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सो सेवा मार्फत् आफ्ना ग्राहकहरुले सरल रुपमा सेयर कारोबार गर्न सहजहोस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको हो ।
हाल बैंकले १३४ वटा शाखा, १ विस्तारित शाखा र २१ शाखा रहित बैंकिङ सेवा तथा ७६ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै