PRABHU BANK

नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंकलाई प्राप्ति गर्ने, राष्ट्र बैंकले दियो सहमति

nabil bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंकलाई प्राप्ति गर्न राष्ट्र बैंकले सहमति दिएको छ । दुई बैंकले गाभ्ने र गाभिने सम्बन्धि पठाएको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले सहमति दिएको हो ।
राष्ट्र बैंकले गाभ्ने र गाभिने सम्बन्धि सैद्धान्तिक स्वीकृति दिँदै ६ महिनाभित्र सबै प्रक्रिया पूरा गरी एकिकृत कारोबार गर्न पनि निर्देशन दिएको छ । यता दुई बैंकले भने प्राप्तिको कार्य ५ महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिएका छन् ।
गत पुस २९ गते दुई बैंकले प्राप्ति सम्बन्धी समझदारी गरेका थिए । दुई बैंकको समझदारी पत्र अनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता सेयर बराबर नबिलको ४३ कित्ता हुने गरी सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) कायम भएको छ ।
नबिलले एनबीलाई प्राप्ति पश्चात बैंकको प्राथमिक पुँजी ४३ अर्ब, चुक्ता पुँजी २२ अर्ब ५ करोड, कर्जा रकम ३ खर्ब, निक्षेप रकम ३ खर्ब १४ अर्ब रुपैयाँ हुनेछ । गैरकोषमा आधारित व्यवसायको आकार १ खर्ब ३० अर्ब रुपैयाँ माथी हुने बैंकले जनाएको छ । शाखा संजाल तत्कालै २३५ पुग्नेछन् भने ग्राहक संख्या १६ लाख माथी हुनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै