PRABHU BANK

मुक्तिनाथ विकास बैंकद्वारा मनोरम बालबालिका बाटिकामा पार्क निर्माण गर्न आर्थिक सहयोग

Muktinath bikas bank
  •  बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंकले मनोरम नगर समाजलाई सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत मध्यपुर ठिमी नगरपालिका वडा नं.१, लोकन्थलीस्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माण गर्न आर्थिक सहयोग गरेको हो । बैंकले सोमबार मनोरम नगर समाजलाई एक कार्यक्रमबीच सहयोगका लागि चेक हस्तान्तरण गरेको छ ।
उक्त कार्यक्रममा बैंकका तर्फबाट मार्केटिंङ प्रमुख वसन्त बक्शी, काठमाडौं उप-क्षेत्रीय प्रमख ज्योति प्रकाश अर्याल, लोकन्थली शाखाका प्रबन्धक सुरज गौतम र अन्य कर्मचारीहरुको उपस्थिति तथा मनोरम नगर समाजको तर्फबाट अध्यक्ष विश्व वन्धु गौतम तथा अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै