![# rastriya banijya bank](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgrQl3XRnh3JiAVH2ui_osbsqgN9SdHySpbqCBqItY5HNr_PmCZV1SJpOZ9Wf_NQJXMEMeGx8DHuQ7qwV9W9-15ubhGvULDXmVeTOTryu_twIlpbilgNVpPqUGotex2o1FmhzonXkEE0cidHNe5hngaCR4leBIf15JV3-GoDVHmKO29_hAI3O6iP96kcw/s16000/Rastriya-banijya-bank_20181207035538.jpg)
- बैंकिङ संसार
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्काशन गर्न लागेको RBBL Debenture, 2089 ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गर्ने सम्बनधमा सोमबार सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् । बैंकले प्रति ऋणपत्र अंकित मूल्य रु।१०००।– दरले कुल ५ अर्ब रुपैंया (५० लाख कित्ता) मूल्य बराबरको दश वर्षे ऋणपत्र बिक्री गर्न लागेको हो । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्नेछ ।
RBBL Debenture, 2089 नामको कुल ५० लाख कित्ता ऋणपत्रमध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाइ बिक्री गरिनेछ भने २० लाख कित्ता सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिनेछ ।
केयर रेटिङ्ग नेपाल लिमिटेडले बैंकलाई समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा प्रयाप्त मात्रामा सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा रहेको संकेत गर्ने CARE-NP A+(Is) रेटिङ्ग प्रदान गरेको छ । बैंकले देशभर २५८ वटा शाखा कार्यालय, २४५ वटा एटिएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिंग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।