National

सिभिल क्यापिटल मार्केटमा नयाँ डिम्याट खाता रजिस्ट्रेशन निशुल्क

civil capital market
  • बैंकिङ संसार
काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडले सम्पुर्ण ग्राहकहरुको सेवा सुविधा र आवश्यकतालाई विशेष प्राथमिकतामा राखी अर्को सूचना नगरेसम्मका लागि २०७९ आषाढ मसान्तसम्म नयाँ डिम्याट खाता रजिस्ट्रेशन , पहिलो वर्षको नविकरण शुल्कमा लाग्ने रु. १५०.०० निःशुल्क (Free) गरिएको र मेरो शेयर खाता खोल्दा लाग्ने शुल्क रु. ५०.०० भने कम्पनीले लिने डिपि विभाग प्रमुख मणीराज काफ्लेले बताए । त्यसै गरी PMS/Corporate Advisory सेवामा समेत भारी छुट गरिएको प्रमुख कार्यकारी अधिक झनकराज ढुंगेलेले बताए ।
PMS/Corporate Advisory सेवामा मिति २०७९ आषाढ मसान्तसम्म नयाँ कारोवार गर्दा हाल तोकिएको दरमा ५० प्रतिशतले छुट हुनेछ । विगत १३ बर्षदेखी सेवारत यस संस्थाले प्राथमिक शेयर निश्कासन -IPO, निक्षेप सदस्य (DP), लगानी व्यवस्थापको कार्य (PMS), शेयर प्रत्याभुति (Underwriting) र संस्थागत परामर्श सेवा लगायत पुजीँबजार सम्बन्धि सेवाहरु प्रदान गर्दै आईरहेको छ । शुरुदेखि हालसम्म IPO – ३० वटा, RTS – ३५ वटा, Right Share – ३२ वटा, Share Auction – २० वटा विभिन्न क्षेत्रका कम्पनीहरुको कार्य गरीसकेको छ ।
निकट भविष्यमा नै सामुहिक लागानी कोष (Mutual fund) शुरुवात हुने समेत प्रमुख कार्यकारी अधिकृतले बताउनु भयो । यस संस्थाले दिईरहेको सेवाहरु जस्तै, निक्षेप सदस्य खाता खोल्ने, शेयर अभौतिकीकरण प्रक्रिया , लगानी व्यवस्थापको कार्यको सुझाव, आइपिओ परामर्श लगायतका सेवाहरु सिभिल बैंक लि।को सातै प्रदेशमा रहेका सबै शाखाहरुबाट सहजरुपमा नै उपलब्ध हुने पनि निज ढुङ्गेलले बताए । यो योजना यहि २०७९ साल बैशाख ११ गते आइतवारबाट लागु हुनेछ ।
संस्थाले सन्ध्याकालिन सेवाको समेत संचालन गरिरहेको छ । साथै , आगामी दिनहरुमा ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै संस्थाको कार्यशैली दुर्त गतिमा आधुनिकिकरण गर्दै ग्राहकवर्गहरुलाई नविनतम प्रविधियुक्त सेवा, सुविधा र परामर्श प्रदान गर्नका साथै निकट भविष्यमा नै डिपी खाता अनलाइन सेवा मार्फत खोल्न सकिने सुविधा दिन पनि गइरहेको प्रमुख कार्यकारी अधिकृतले बताए।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्