prabhu

नबिल बैंकले ल्यायो ‘नबिल सजिलो कर्जा’ योजना, १०.५० प्रतिशतमा डेढ करोडसम्म कर्जा पाइने

काठमाडौ – नबिल बैंकले ‘नबिल सजिलो कर्जा’ योजना शुरु गरेको छ । आज राजधानीमा एक समारोहका बीच यो योजना आरम्भ गरेको हो ।
नबिल सजिलो कर्जा मार्फत स-साना व्यवसायमा आवद्ध रहन चाहने ग्राहकले समेत सहजै ऋण लिन सक्ने छन् । ‘नबिल सजिलो कर्जा’ योजना शुभारम्भ कार्यक्रममा बोल्दै नबिल बैकका प्रमुख कार्यकारी अधिकृत९सिइओ० अनिलकेशरी शाहले ‘नबिल सजिलो कर्जा’ मार्फत आगामी दिनमा नेपालमा कम पूँजीमा व्यवसाय गर्न चाहनेहरुलाई समेत बैकले सहयोग गर्न यस्तो योजना भित्र्याएको बताए ।
सिइओ शाहले नेपालमा धनीलाई धनी बनाउन भन्दा पनि गरिबलाईपनि धनी बन्ने अवसर प्रदान गर्न यस्तो योजना ल्याएको बताए । चक्का हेरेर मात्र गाडी नचल्ने र त्यसको उचित व्यवस्थापन गरे जस्तै पैसाको समेत सदुपयोग गर्नु पर्ने सिइओ शाहको मत रहेको छ ।
साथै, नेपालमा साना तथा मझौला उद्यमशीलताका लागि बैंकिङ सेवाको विस्तारमा केद्रित रणनीतिको निर्माण र कार्यान्वयनका लागि नबिल बैंक र यूके एड सक्षम कार्यक्रमबीच संझौता समेत भएको छ । यो संझौतामा बैंकका सिइओ शाह र यूके एड सक्षम कार्यक्रमका टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका छन् ।
नबिल सजिलो कर्जा मार्फत बार्षिक रुपमा ४ करोड रुपैयाँभन्दा कम कारोबार गर्ने ग्राहकलाई १ करोड ५० लाख रुपैयाँसम्मको ऋण १०.५० प्रतिशत ब्याजदरमा प्रदान गरिने छ । ‘क’ वर्गको बैंकले यसरी साना स्केलका उद्यमीसम्म पुग्ने कार्यक्रम ल्याउनेमा नबिल बैंक भएको दाबी गरेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै