PRABHU BANK

लुम्बिनी जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच सम्झौता, बैंकका सबै शाखाबाट निर्जीवन बीमा सेवा लिन सकिने

काठमाडौँ – लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक लि.बीच बीमा सम्झौता भएको छ ।
उक्त सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत नोरप्रकाश प्रधान र मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता भए पश्चात लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि.ले जारी गर्ने विभिन्न निर्जीवन बीमा योजनाहरु मुक्तिनाथ विकास बैंक लि.को देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछ ।
सम्झौता कार्यक्रममा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि.का नायव प्रमुख कार्यकारी अधिकृत विके श्रेष्ठ तथा मुक्तिनाथ विकास बैंक लि.का सहायक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग र बैंकास्योरेन्स विभाग प्रमुख राजेन्द्र पाण्डेको उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै