PRABHU BANK

आइएमई जनरल इन्स्योरेन्सको १ लाख २ हजार कित्ता सेयर लिलामीमा, कहिलेसम्म पाइन्छ भर्न ?

काठमाडौं – आइएमई जनरल इन्सुरेन्सको १ लाख २ हजार ३६४ कित्ता सेयर लिलामी भर्न अब २ दिन मात्र समय बाँकी रहेको छ । लगानीकर्ताले उक्त लिलामीमा बिहीबार अर्थात फागुन ३० गतेसम्म मात्र आवेदन दिन सक्नेछन् । कम्पनीले फागुन २२ गतेदेखि १ लाख २ हजार ३६४ कित्ता सेयर लिलामी खुला गरेको हो ।
कम्पनीले १०ः८ अनुपातमा ४३ लाख २० हजार कित्ता खुल्ला गर्दा ४२ लाख १७ हजार ६३६ कित्ता सेयरको लागि मात्र आवेदन परेको थियो । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि माथि सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल जमल काठमाडौंबाट सयेर लिलामी भर्न पाउनेछन् । ग्लोबल आइएमई बैंकको वीरगञ्ज, हेटैडा, बुटवल, विराटनगर, नेपालगञ्ज, सुर्खेत, धनगढी र पोखरा आवेदन दिन सक्नेछन् ।
हाल आइएमई जनरलको चुक्ता पुँजी ४२ करोड रुपैयाँ रहेको छ । लिलामी बिक्रीपछि पुँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै