PRABHU BANK

सानिमा इन्स्योरेन्सको साधारण सभा आज, यस्ता छन् पेस हुने प्रस्तावहरु !

काठमाडौं – सानिमा इन्सुरेन्सको साधारण सभा सुरु भएको छ । सभा होटल एलो पेगोडा, कान्तिपथमा बिहान ११ः३० बजे सुरु भएको हो । 
सभामा कम्पनीले नाम परिवर्तन गरी सानिमा जनरल इन्सुरेन्स राख्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । नियमावली संशोधन वा नियमनकारी निकायबाट आउन सक्ने निर्देशन अनुसार काम गर्न सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव पनि लगिनेछ । सञ्चालक समितिका अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्ने एजेन्डा पनि छ ।
यस्तै संस्थापक समूहबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत छ । यस्तै, सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरुको बैठक भत्ता पनि अनुमोदन गर्ने एजेन्डा राखिएका छन् । अन्य उपसमितिका सदस्यहरुको बैठक भत्ता अनुमोदन गर्न पनि प्रस्ताव पेश हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै