काठमाडौँ – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि एनसीसी बैंकले बैतडी जिल्लाको मेलौली नगरपालिका, वडा नं.७, मेलौलीमा शाखा कार्यालय औपचारिक रुपमा संचालनमा ल्याएको छ ।
उक्त शाखा कार्यालयको मेलौली नगरपालिकाका नगर प्रमुख कृष्ण सिंह नायक र बैंक संचालक समितिका सदस्य माधवप्रसाद भट्टले शनिबार संयुक्त रुपमा उद्घाटन गरे । साथै बैंक संचालक समितिका सदस्य भट्टले शाखा उद्घाटनको ताम्रपत्र अनावरण गरे ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले स्वागत मन्तब्य व्यक्त गर्नुका साथै उक्त शाखाका शाखा प्रबन्धक महेन्द्रबहादुर चन्दले उपस्थित प्रमुख अतिथि र अन्य अतिथिलाई धन्यवाद ज्ञापन गरेका थिए ।