PRABHU BANK

लगानीकर्ताले लिलामी सेयर अब आफ्नै प्रदेशबाट भर्न पाउने, कुन प्रदेशको कहाँ ?

काठमाडौं – उपत्यका बाहिर बसेर लिलाममा रहेको सेयर खरिद गर्न चाहने लगानीकर्ताहरुले अब काठमाडौं आउन नपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार ७ वटै प्रदेशका प्रमुख स्थानबाट लिलामी सेयर भर्न सकिने व्यवस्था गरिएको हो ।
जसमा प्रदेश नं १ को विरानटनगर र विर्तामोड, प्रदेश २ को वीरगन्ज र जनकपुर, प्रदेश ३ को काठमाडौं सहित हेटौंडा र नारायणगढबाट लगानीकर्ताहरुले लिलामी सेयरमा आवेदन दिन सकिनेछ ।
यस्तै प्रदेश ४ अर्थात गण्डकी प्रदेशको पोखरा र बाग्लुङ, प्रदेश ५ को बुटवल, घोराही र नेपालगन्ज तथा प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को धनगढी र महेन्द्रनगरबाट पनि लिलामी भर्न पाइनेछ । 
यही निर्देशन अनुसार काम गर्न मर्चेन्ट बैंकहरुलाई परिपत्र गरिएको समेत धितोपत्र बोर्डले जनाएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै