PRABHU BANK

गुराँस लाइफ इन्स्योरेन्सको ५०% हकप्रद चैत २८ देखि आउँदै, यी ठाउँहरुबाट भर्न सकिने !

काठमाडौं – गुराँस लाइफ इन्सुरेन्सले ५० प्रतिशत हकप्रद चैत २८ गतेबाट जारी गर्ने भएको छ । लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आवेदन दिन सक्नेछन् । चैत ५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यो हकप्रद भर्न सक्नेछ । 
कम्पनीले २ः१ अनुपातमा २९ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद भर्ने अन्तिम म्याद जेष्ठ १ गते तोकिएको छ ।
उक्त हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । लक्ष्मी बैंकको महाराजगञ्ज काठमाडौं र पुल्चोक ललितपुर तथा विरगञ्ज, विराटनगर, भैरहवा, पोखरा, नारायणगढ, नेपालगञ्ज, धनगढी, जनकपुर, इटहरी, दमक, धरान, लहान, वालिङ, विरेन्द्रनगर, घोराही, जलेश्वर, श्रीनगर, चरीकोट, बनेपा, दमौली र हेटौंटा शाखाबाट पनि आवेदन दिन सकिनेछ । यस्तै, लक्ष्मी क्यापिटल मार्केट नयाँ वानेश्वर, काठमाडौं र सि–आस्वाबाट पनि आवेदन दिन सकिनेछ । 
हाल कम्पनीको चुक्ता पुँजी ५९ करोड ४० लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि पुँजी ८९ करोड १० लाख भन्दा बढि पुग्नेछ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै