DISH HOME

बैंक अफ काठमाण्डूका कार्ड तथा मोबाईल बैंकिङ प्रयोगकर्तालाई थेयाङ हान्गुल ईन्स्टिच्युटमा विशेष छुट

bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड र थेयाङ हान्गुल ईन्स्टिच्युटबीच सम्झौता भएको छ । बैंकले आफ्नो कार्ड तथा मोबाईल बैंकिङ प्रयोगकर्ताहरुलाई कोरियन भाषा सिकाई संस्था ‘थेयाङ हान्गुल ईन्स्टिच्युट’ मा भाषा कक्षा शुल्कमा २५% छुट उपलब्ध गराउने भएको हो ।
यस छुट सम्झौता पश्चात् नेपाल सरकार र गणतन्त्र कोरियाको समझदारी पत्र अनुरुप रोजगार अनुमती प्रणाली (EPS) अन्तर्गत वा अन्य माध्यमबाट गणतन्त्र कोरिया जान इच्छुक ग्राहकहरुले कोरियन भाषा पढ्न ललितपुरको ग्वार्कोमा रहेको थेयाङ हान्गुल ईन्स्टिच्युटबाट अध्ययन गरी बैंकको कार्ड तथा मोबाईल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भाषा शुल्क भुक्तानी गरेमा २५% छुट पाउने बैंकले जनाएको छ।
नेपाल सरकार, श्रम मन्त्रालय र गणतन्त्र कोरिया, रोजगार तथा श्रम मन्त्रालय बीचको समझदारी अनुरुप रोजगार अनुमती प्रणाली अन्तर्गत वार्षिक ९ हाजर भन्दा बढि नेपाली नागरिकहरु कोरियन भाषा उत्तिर्ण गरि कामदारका रुपमा गणतन्त्र कोरिया गईरहेका छन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै