PRABHU BANK

महालक्ष्मी लाइफ इन्स्योरेन्स र एनसीसी बैंकबीच सम्झौता, बैंकका सबै शाखाबाट जीवन बीमा सेवा पाइने

काठमाडौँ – नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) लि. र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.बीच बीमा पोलिसी बिक्री गर्ने गरी सोमबार सम्झौता भएको छ ।
सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को पोलिसी बिक्री गरिनेछ ।
सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै