PRABHU BANK

नेपाल बंगलादेश बैंकले २० लाख इकाई ऋणपत्र जारी गर्ने, वार्षिक १०.२५ प्रतिशत ब्याज

 nepal-bangladesh bank

काठमाडौं – नेपाल बंगलादेश बैंक लिमिटेडले पनि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यसमध्ये ८ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन पाउँनेछन् भने बाँकी १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
उक्त ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याज दिनेछ । बैंकले ‘१०.२५ प्रतिशत एनबीबीएल डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । 
सो ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई तोकिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै