prabhu

सनराइज बैंकको प्रिती शाखाद्धारा स्वास्थ्य बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Sunrise Bank

काठमाडौं – सनराइज बैंकको रामेछाप जिल्लाको उमाकुण्ड गाँउपालिकाका रहेको प्रिती शाखाले सनराईज स्वास्थ्य बीमा तथा प्रविधिमैत्री बैंकिङ्ग प्रणलीबारे अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ।
सरोकारवाल निकायहरुको उपस्थितिमा प्रिती शाखाले बिहीबार सो कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा प्रिति शाखाका प्रबन्धक हिरा बहादुर तामाङ्गले बैंकको सेवा सुविधाबारे जानकारी गराएका थिए।
सहभागीहरुको जिज्ञासमाथि जवाफ दिँदै उनले भने, ‘आर्थिक विकासको लागि बैंकले ऋण प्रवाह गर्छ। ग्राहकहरुको सम्पती लिलामी गर्न तथा उनीहरुलाई उठवास गर्न हामीले ऋण दिँदैनौ ।’ अन्तरकृया कार्यक्रममा ५० जना भन्दा बढीको सहभागिता रहेको थियो।
बैंकको प्रिती शाखाबाट उमाकुण्ड गाउँपालिका र छिमेकी ओखलढुङ्गा जिल्लाका खिजीखाती, रावाडुलु, खिजी चन्डेश्वरीका सर्वसाधारणहरुले सेवा लिँदै आइरहेका छन्।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै