बैंक अफ काठमाण्डूको शेयर रजिष्ट्रार परिवर्तन, बिओके क्यापिटललाई जिम्मेवारी

 Bank Of Kathmandu

काठमाडौं – बैंक अफ काठमाण्डूले आफ्नो शेयर रजिष्ट्रार परिवर्तन गरेको छ। बैशाख २ गते देखि लागू हुनेगरी बैंकले आफ्नै सहायक कम्पनी बिओके क्यापिटललाई जिम्मेवारी दिएको हो।
बैंकको शेयर सम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लगत अध्यावधिक राख्ने लगायत सम्पुर्ण कार्यहरु बिओके क्यापिटल (साविकको काठमाडौं क्यापिटल) ले गर्नेछ ।
हाल बैंकको शेयर रजिष्ट्रारको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग गर्दै आइरेको छ। बैंकको शेयर रजिष्ट्रार सम्बन्धी कार्यहरुको हिसाब मिलान गर्न नबिल इन्भेष्टमेन्टले चैत २४ गते देखि ३० गते सम्म कारोबार बन्द गर्ने जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्