PRABHU BANK

भार्गव विकास बैंकको खुद नाफा ९५.६८ प्रतिशतले वृद्धि, रिजर्भ कोषमा १३ करोड ५२ लाख ८५ हजार रुपैयाँ

 Bhargav bikash bank
  • बैंकिङ संसार डटकम 
काठमाडौं – भार्गव विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ९५.६८ प्रतिशतले वृद्धि गरी ५ करोड २२ लाख ५४ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । यता बैंकको खुद ब्याज आम्दानी पनि ७१.९० प्रतिशतले बढेर १२ करोड १२ लाख १८ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि ७२.०८ प्रतिशतले बढेर ७ करोड २२ लाख १० हजार रुपैयाँ पुगेको छ ।
बैंकले ३ अर्ब २४ करोड ९३ लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब ८७ करोड ३६ लाख ७० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पुँजी ५० करोड १६ लाख रुपैयाँ छ । यस्तै रिजर्भ कोषमा ३३.९९ प्रतिशतले बढेर १३ करोड ५२ लाख ८५ हजार रुपैयाँ जम्मा भएको छ ।
प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८९ पैसा रहेको यो बैंकको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९७ पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै