PRABHU BANK

प्रभु लाइफ इन्सुरेन्सको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक, प्रतिसेयर नेटवर्थ कति ?

Prabhu Life insurance
  • बैंकिङ संसार
काठमाडौं । प्रभु लाइफ इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । इन्सुरेन्सले चौथो त्रैमासमा ७ करोड २६ लाख ३८ हजार रुपैयाँ खुद नाफा गरेको वत्तिय विवरण सार्वजनिक गरेको हो ।
अघिल्लो वर्ष इन्सुरेन्सले यसै अवधिमा १७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद नाफा ५७.४३% ले घटेको छ । कम्पनीले नोक्सानी व्यवस्थाका लागि ५ करोड ८७ लाख रुपैयाँ छुट्याएपछि नाफामा प्रभाव परेको देखिएको छ । त्यसैगरी व्यवस्थापन खर्च पनि बढेको छ।
इन्सुरेन्सको खुद बिमा शुल्क आर्जन ६३.७८% ले बढेर २ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ १३ पैसा रहेको छ ।
असार मसान्तसम्म कम्पनीको जगेडा कोष ८.६०% ले बढेर ४२ करोड ९६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको जगेडामा ३९ करोड ५५ लाख रुपैयाँ रहेको थियो। जीवन बिमा कोषको आकार भने ५६.४९% ले बढेर ३० अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै