DISH HOME

गण्डकी विकास बैंक लिमिटेडको “गण्डकी स्मार्ट सेवा” सञ्चालनमा, यस्ता छन् ग्राहकले पाउने सुविधाहरु…!

 gandaki bikash bank
  • बैंकिङ संसार 
काठमाडौँ – गण्डकी विकास बैंकले विभिन्न अत्याधुनिक सुविधा सहितको गण्डकी स्मार्ट सेवा सञ्चालनमा ल्याएको छ । स्मार्ट मोवाइलबाट चलाउन सकिने उक्त सेवा भित्र पछिल्लो समयमा प्रयोगमा रहेको मोवाइल बैंकिङ्गका साथै इन्टरनेट बैंकिङ्ग र भुक्तानी प्रणालीका विशेषताहरु समेत समेटिएका छन् ।
उक्त सेवाबाट जीपीआरएस र वाइफाई इन्टरनेट वा एसएमएस कुनै पनि माध्यमवाट चलाउन सकिने उक्त सेवावाट बायोमेट्रिक लगइन, प्रयोगकर्ता क्यू आर कोड, क्यूआर कोड पेमेन्ट, बिद्युत महशुल भुक्तानी, खानेपानी महशुल भुक्तानी, गण्डकी विकास बैंक भित्र वा अन्य सदस्य बैंकहरुमा रकमान्तरण सुविधा, मोवाइल टपअप, इन्स्योरेन्स प्रिमियम भुक्तानी, इन्टरनेट विल, एयरलायन्स टिकट खरिद, बैंक शाखा तथा एटीएम रहेका स्थान विवरण, खाताको विवरण डाउनलोड सुविधा लगायतका विभिन्न सेवाहरु रहेका छन् ।
प्रविधिमा आएको विकाससँगै बैंकका सेवा सुविधालाई छिटो छरितो र स्तरीय बनाउन यो सेवा सञ्चालनमा ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमवहादुर थापाले जानकारी दिए ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै