DISH HOME

मिथिला लघुवित्त वित्तीय संस्थाको दुई नयाँ शाखा विस्तार, कुल शाखा संख्या २९ पुग्यो

 MITHILA LAGHUBITTA
  • बैंकिङ संसार 
काठमाडौँ – मिथिला लघुवित्त वित्तीय संस्थाले सर्लाहीको बसबरीयागा.पा. –४, धनगढा र चक्रघट्टा गा.पा.–९, चक्रघट्टामा थप दुई नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन धनगढा गा.पा. उपाध्यक्ष रिनाकुमारी यादव र वित्तीय संस्थाका संचालक हरि प्रसाद काफ्लेले तथा चक्रघट्टा शाखाको उद्घाटन चक्रघट्टा गा.पा अध्यक्ष विक्रम यादव र संचालक हरि प्रसाद काफ्लेले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतले वित्तीय संस्थाले प्रवाहगर्ने सेवा सुविधाहरुको जानकारी दिँदैे वित्तीय संस्थाले ग्रामिण क्षेत्रकागरिव जनतालाई उनिहरुको घरदैलोमा गई सेवा सुविधा प्रदान गर्ने उद्धेश्यले शहर केन्द्रीत नभई गाउँमा शाखा खोलिएको र यो क्रमलाई विस्तार गरि अझ दुर्गम र ग्रामिण क्षेत्रमा शाखा विस्तार गरि गरिव तथा विपन्न वर्गलाई सेवा दिने लक्ष्य रहेको बताए ।
हालसम्म संस्थाले २९ वटा शाखा कार्यलय मार्फतच आफ्ना ग्राहकहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै