prabhu

जनसेवी लघुवित्त वित्तीय संस्थाको आईपिओ सोमबार बाँडफाँड हुने, कतिले पाउँछन् ?

 janasewi laghubitta

  • बैंकिङ संसार

काठमाडौं – जनसेवी लघुवित्त वित्तीय संस्थाको आईपिओ सोमबार बाँडफाँड हुने भएको छ। उक्त शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जेठ ६ गते सोमबार शेयर बाँडफाँड हुने जानकारी दिएको हो।
कम्पनीले बैशाख २७ देखि ३१ गतेसम्म सर्वसाधारणमा ४ लाख ३२ हजार ९९० कित्ता आईपिओ निष्काशन गरेको थियो। सो आईपिओमा १४.२८ गुणा बढी आवेदन परेको छ। बिक्री प्रबन्धकका अनुसार ३ लाख ३८ हजार आवेदकबाट लघुवित्तको आईपिओमा ६१ लाख ८१ हजार कित्ता शेयर माग भएको छ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम लघुवित्तको आईपिओ ४३ हजार २९९ जना आवेदकले मात्र आईपिओ पाउनेछन्। यो संख्या आईपिओमा आवेदन गरेका करिब १३ प्रतिशत मात्र हो। आईपिओमा आवेदन गरेका बाँकी ८७ प्रतिशत आवेदकको हात रित्तो हुने देखिन्छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै