PRABHU BANK

सनराइज बैंकको सामाजिक उत्तरदायित्व अन्र्तगत बुटवलको लक्ष्मी माध्यामिक विद्यालयमा फिल्टर हस्तान्तरण

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंकले बुटवल उप-महानगरपालिका वडा नम्बर ४ मा रहेको लक्ष्मी माध्यामिक विद्यालयमा फिल्टर हस्तान्तरण गरेको छ । उक्त विद्यालयमा शुद्ध पिउने पानीको व्यवस्था नरहेको अवस्थामा बैंकले ३०० विद्यार्थीहरुलाई पुग्ने गरी प्रतिघण्टा १०० लिटर पानी फिल्टर गर्न सक्ने क्षमताको RO Filter Plant जडान गरेको छ । बिहिबार साउन २६ गते विद्यालयमा भएको एक कार्यक्रममा सो RO Filter Plant को उद्धघाटन गरिएको बैंकले जनाएको छ ।
हस्तान्तरण कार्यक्रममा सनराइज बैंकका नायब महाप्रबन्धक अपछ कुमार यादव, बुटवल उप-महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नरिश्वर पौडेल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा सल्लाहकार परमानन्द भट्टराई, विद्यालयकी प्र.अ. शान्ति शर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम ढकाल समेतको उपस्थिती रहेको थियो ।
उक्त सामाजिक कार्यले विद्यार्थीहरुलाई विद्यालयमा शुद्ध पिउने पानी र स्वस्थ रुपमा पठनपाठन गर्न मद्दत पुर्याउने विद्यालयकी प्र.अ. शान्ती शर्माले बताइन् । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरणका क्षेत्रमा सहयोग गरिएको र आगामी दिनमा पनि सहयोग गर्दै जाने बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै