PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंकको सांग्रिला मुद्दती धमाका योजना संचालन, बचत रकमको १२ वर्ष २ महिना १४ दिनमा ४ गुणा हुने

Shangri_La development Bank
  • बैंकिङ संसार
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले ग्राहकहरुलाई लक्षित गरी ‘सांग्रिला मुद्दती धमाका’ योजना सार्वजनिक गरेको छ । ग्राहकहरुले यो योजना न्यूनतम मौज्दात दश हजार रुपियाँबाट सुरु गर्न सकिने बैंकले जनाएको छ । यस मुद्दती योजना अन्तर्गत बचत रकम अनुसार ४ गुणा, ५ गुणा र १० गुणा सम्म प्रतिफल प्राप्त गर्न सकिनेछ ।
ग्राहकले यस योजना अन्तर्गत आफ्नो बचत रकमको १२ वर्ष २ महिना १४ दिनमा ४ गुणा रकमरप्रतिफल प्राप्त गर्न सक्नेछन् भने सोही अनुसार १४ वर्ष २ महिना १ दिन र २० वर्ष ३ महिना १४ दिनमा क्रमशः ५ गुणा र १० गुणा रकमरप्रतिफल प्राप्त गर्न सक्नेछन् ।
यस योजना अन्तर्गतका खातामा ग्राहकले कर्जाको सुविधा प्राप्त गर्न सक्ने समेत व्यवस्था गरिएको छ । ग्राहकले आफ्नो बचत रकममा कर्जा लिनेरदिने दिन सम्म पूँजीकरण गरिएको व्याज रकम समेत जोडेर हुन आउने रकमको ८० प्रतिशत सम्म कर्जा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यस योजनामा सहभागि हुन चाहने ग्राहकहरुले मुलुकभर रहेको १ सय १२ शाखा कार्यालयहरु मार्फत सुलभ तरिकाले खाता खोली रकम बचत गर्न तथा कर्जा सुविधा लिन सक्नेछन् । यो योजना सिमित अवधिको लागि मात्र संचालन गरिएको बैंकले जनाएको छ । यस योजना अन्तर्गत ग्राहकले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै