PRABHU BANK

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडबाट एशियन लाईफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सेवा खरिद गर्न पाइने

 excel development bank
  • बैंकिङ संसार 
काठमाडौं – एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडबाट एशियन लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा खरिद (किन्न) गर्न पाइने भएको छ । एशियन लाईफ ईन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंकबीच “जीवन बीमा सेवा“ सम्बन्धी सम्झौता भएसँगै ग्राहकले उक्त सेवा पाउने भएका हुन् ।
एशियन लाईफले जीवन बीमा सेवालाई सहजरुपमा बढी भन्दा बढी सर्वसाधारणको पहुँचसम्म पुर्याउने उद्देश्यले एक्सेलसँग सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा एशियन लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र एक्सेल डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै