prabhu

स्याङ्जा जिल्लाको वालिङमा बैंकर्स क्लव गठन

 bankers club
  • बैंकिङ संसार 
काठमाडौं – स्याङ्जा जिल्लाको वालिङमा कैलाश विकास बैंक लिमिटेडका शाखा प्रबन्धक मोतिलाल कुँवरको अध्यक्षतामा ७ सदस्यीय रहेको बैंकर्स क्लव वालिङको गठन भएको छ । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको हक हितको प्रर्बद्धन गर्ने र यस क्षेत्रमा रहेको अस्वस्थ प्रतिस्पर्धालाई अन्त्य गरि स्वस्थ बैंकिङ समाजको निर्माण गर्ने उद्देश्यका साथ वालिङ नगरपालिका अन्तर्गत रहेका बैंक तथा वित्तीय संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको प्रतिनिधित्व गर्ने गरि उक्त क्लबको गठन गरिएको हो ।
उक्त क्लवको उपाध्यक्षमा विश्वराज मरासिनी (कृषि विकास बैंक लि.), कोषाध्यक्षमा चक्रपाणी बस्याल (गण्डकी विकास बैंक लि.), सचिवमा बासुदेव पौडेल (गरिमा विकास बैंक लि.) तथा सदस्यहरुमा राम बहादुर क्षेत्री (जनता बैंक लि.) कृष्ण प्रसाद काफ्ले (ज्योती विकास बैंक लि. ) र रमेश प्रसाद पौडेल (पोखरा फाइनान्स लि.) रहेका छन् ।
वालिङ नगरपालिकाका नगर प्रमुख (मेयर) दिलिप प्रताप खांणको विशेष उपस्थितीमा क्लबको गठन गरिएको थियो । उक्त संस्थाले आफ्नो उद्देश्यका साथै यस वालिङ नगर क्षेत्र लगायत आसपासक्षेत्रमा रहेका नगरपालिका लगायत अन्य संघ संस्थाहरुसँग सहकार्य गरि समय समयमा वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै