PRABHU BANK

कुमारी बैंकका ग्राहकलाई विशेष उपहार, आस्वा शुल्कमा पूर्ण छूट

Kumari Bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंकले सेयर कारोबार गर्दा कुनैपनि शुल्क नलाग्ने व्यवस्था गरेको छ । बैैंकले भदौ १ गतेबाट लागु हुनेगरी बैंकका ग्राहकले जुनसुकै खाताबाट आईपीओ भर्दा सीआस्वा शुल्क नलाग्ने व्यस्था गरेको जनाएको छ । भदौ १ गतेयता बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रद लगायतमा आवेदन दिँदा शुल्क लाग्ने छैन ।
बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै बैंकबाट सेयर कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेको जनाएको छ । पछिल्लो समय सेयर बजारमा बढ्दो आकर्षणकाबीच बैंकले सो व्यस्था लागु गरेसँगै नयाँ लगानीकर्ता तथा बैंकका ग्राहकहरुलाई अधिक सहज हुने बैंकले विश्वास गरेको छ ।
यसभन्दा अगाडी कुमारी बैंकबाट सेयर कारोबार गर्दा अतिरिक्त शुल्क तिर्नुपथ्र्यो तर अब भने कुमारी बैंकको जुनसुकै खाताबाट सेयर कारोबार गर्दा शुल्क नलाग्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै