DISH HOME

एनआईसी एशिया बैंकले थप्यो सिरहा जिल्लाको जिरोमाइलमा ३२औं शाखारहित बैंकिङ सेवा, मेयर चौधरीले गरे उद्घाटन

nic asia bank
  • बैंकिङ संसार 
काठमाडौँ – एशिया बैंकले सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १०, जिरोमाइलमा ३२ औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।
उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन धनगढीमाइ नगरपालिकाका मेयर हरिनारायण चौधरीले गरेका छन्  । शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा भोगिलाल महतोलाई नियुक्त गरिएको छ ।
शाखारहित बैंकिङ सेवाबाट स्थानीयबासीहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै