PRABHU BANK

मुक्तिनाथ क्यापिटलको हकप्रद सेयरमा आवेदन दिन भदौ १९ गतेसम्म समय थप

Muktinath Capital
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ क्यापिटलको हकप्रद सेयरमा आवेदन दिने समय थपिएको छ । कम्पनीले साउन १ गतेदेखि हकप्रद सेयर बिक्रीमा ल्याएको हो । अब यस हकप्रद सेयरमा भदौ १९ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
क्यापिटलको २०७८ कार्तिक २३ गते सम्पन्न विशेष साधारण सभाबाट पारित भए बमोजिम साविक सेयरधनीहरुलाई १ सेयर बराबर १ सेयरको अनुपातमा प्रतिसेयर १ सय रुपैयाँ अंकित दरमा २० लाख २५ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।
उक्त सेयरमा आवेदन दिने आज अन्तिम दिन भएता पनि सेयरधनीहरुको अनुरोधलाई ध्यानमा राखी आवेदन दिने समय थपिएको क्यापिटलले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै