prabhu

ग्लोबल आइएमई बैंक र एनएलजी इन्स्योरेन्सबीच सम्झौता, बैंकका १ सय ३७ वटै शाखाबाट बीमा योजना खरिद गर्न सकिने

 global ime bank
  • बैंकिङ संसार 
काठमाडौँ – ग्लोबल आइएमई बैंक र एनएलजी इन्स्योरेन्स कम्पनीबीच संस्थागत अभिकर्ता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा मंगलबार ग्लोबल आईएमई बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र एनएलजी इन्स्योरेन्स कम्पनी लि।को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले हस्ताक्षर गरेका छन् ।
सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंकका १३७वटै शाखाहरु मार्फत एनएलजी इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एवम् भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै