कामना सेवा विकास बैंकको स्मार्ट टेलर सुविधा सञ्चालनमा, एटिएम कार्ड र चेकबुक बिना रकम निकाल्न सकिने !

  • बैंकिङ संसार 
काठमाडौं – कामना सेवा विकास बैंकले स्मार्ट टेलर सुविधा संचालनमा ल्याएको छ । प्रगतिको आधार कामना सेवासँग कारोबार भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको बैंकले आफ्नो मुख्य शाखा कार्यालय ज्ञानेश्वर, काठमाडौंमा मोवाईल बैकिङ मार्फत “स्मार्ट टेलर” सुविधा संचालनमा ल्याएको हो ।
बैंकको मोवाईल बैंकिङ सेवा लिएका सम्पूर्ण ग्राहकहरुले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङको क्यू आर कोड (मार्फत)को प्रगोग गरी चेकबुक र एटिएम कार्ड बिना नै निकाल्न सक्नेछन् ।
हालसम्म बैंकले ९१ वटा शाखा तथा ४४ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । समय सापेक्ष बेंकले आफ्ना सेवाहरु थप गर्दै जाने योजना रहेको जानकारी दिएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्