कृषि विकास बैंकद्वारा किर्तिपुरको सामुदायिक सेवा केन्द्रलाई सामग्री हस्तान्तरण

 krishi bikash bank
  • बैकिङ संसार
काठमाडौं – कृषि विकास बैंक लिमिटेडले किर्तिपुरको ट्याङ्लाफाँटमा रहेको सामुदायिक सेवा केन्द्रलाई सामग्री हस्तान्तरण गरेको छ । बैंकले गत सोमबार (असार २३० मा सामुदायिक कार्यक्रम अन्तर्गत १ लाख १० हजार रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरेको हो । 
शाखा कार्यालय किर्तिपुरमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले सेवा केन्द्रका अध्यक्ष बाबुराम सुवेदीलाई सो सामाग्री हस्तान्तरण गरेका थिए । स्थानीय नागरीकहरुको बाक्लो उपस्थिती रहेको सो समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले सवै प्रकृतिका लोककल्याणकारी कार्यमा सवै क्षेत्रबाट सहयोग हुन सकेमा त्यसले देश विकासमा महत्वपुर्ण टेवा पु¥याउने बताए ।
उक्त अवसरमा नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन बैंकले खेलेको भुमिका बारे चर्चा गर्नुका साथै बैंक पूर्णरुपमा आधुनिक बैंकिङ्ग भई बैंकले हाल एटिएम, एस एम एस, मोवाईल बैकिङ्ग, आश्वा सुविधा, डिम्याट, भिसा कार्ड, आई पि एस, इन्टरनेट सुविधा लगायतका सेवा सुविधाहरु ल्याएको जानकारी गराए ।
सेवा केन्द्रका अध्यक्ष सुवेदी, केन्द्रका उपाध्याक्ष सुरेन्द्र उप्रेती, डि।एस।पी छेदीलाल कामतले उपस्थित व्यक्तित्वहरुलाई स्वागत गर्दै बैंक।ले पुराएको सहयोगको सराहना गरे ।
कार्यक्रममा बैंकका कामु उपमहाप्रबन्धक प्रताप सुवेदीले बैंक नाफामुलक व्यवसायमा मात्र संलग्न नभै सामाजिक कार्यमा पनि त्यतिकै सरिक हुदै आएको उल्लेख गरे । उक्त कार्यक्रममा का।मु। विभागीय प्रमुख शंकर अर्याल, बैंकका प्रवक्ता हिमलाल पौडेल, क्षेत्रिय कार्यालय काठमाडौका का।मु। निर्देशक करुण चन्द्र घिमिरे, का।मु। निर्देशक अनिल यादव, शाखा प्रमुख राजेन्द्र रानाभाट ,का।स। झगेन्द्र आचार्य र प्रबन्धक मिना लेखक, नारायणलाल श्रेष्ठ, बजार शाखा व्यवस्थापनका शाखा प्रमुख महेश्वर मरहठा, बैंकका पुर्व कर्मचारीहरु वि।प्र।श्री गणेश पाण्डे, भरत बस्नेत लगायतका अन्य कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्