PRABHU BANK

श्रृजनशील लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन गर्ने, कहिले देखि आवेदन दिन पाइन्छ ?

Shrijanshil Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले भदौ १५ गतेदेखि ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । जसमा १९ हजार ६९० कित्ता सामुहीक लगानी कोष र ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यस आइपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयरमा आवेदन दिन सकिनेछ । लघुवित्तलाई इक्रा नेपालले  केयरएनपी डबल बी माइनस ‘इस्यूअर रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै