PRABHU BANK

प्रभु बैंकको नयाँ शाखा पर्वतको डिमुवा र कास्कीको बिरेठाँटीमा विस्तार

prabhu bank
  • बैंकिङ संसार 
काठमाडौं – प्रभु बैंक लिमिटेडले पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ६ स्थित डिमुवामा र कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं. ७ स्थित बिरेठाँटीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । डिमुवा शाखा कार्यालयको उद्घाटन मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले र बिरेठाँटी शाखा कार्यालयको उद्घाटन अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष घनश्याम चपाईँले गरेका हुन् ।
बैंकका डिमुवा र बिरेठाँटी शाखा कार्यालयको स्थापना तथा सञ्चालनबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरु लाभान्वित हुने बैंकको विश्वास छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै