PRABHU BANK

बैंक तथा वित्तीय संस्थाको सीईओ र सञ्चालक हुन उमेर हद तोकियो, सीईओको ६५ वर्ष र सञ्चालकको ७० वर्ष !

rastra bank
  • बैंकिङ संसार 
काठमाडौं । केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरु (सिइओ) उमेर हद तोकेको छ । नेपाल राष्ट्र बैंकले सोमबार एक सर्कुलर जारी गर्दै  बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुको उमेर हद तोकेको हो ।
राष्ट्र बैंकले जारी गरेको नयाँ व्यवस्था अनुसार अब ६५ वर्ष उमेर नाघेको व्यक्ति सीइओ बन्न नपाउने भएका हुन् । यसअघि नै नियुक्त भइसकेकाहरुको हकमा भने ६९ वर्ष सम्म काम गर्न पाउनेछन् । यस्तै  राष्ट्र बैंकले बैंक सञ्चालक हुनका लागि अधिकतम उमेर ७० वर्ष तोकेको छ । ७० वर्षअघि नै सञ्चालक निर्वाचित भए ७४ वर्ष पुगेपछि पद छोडनुपर्ने राष्ट्र बैंकको सर्कुलरमा उल्लेख छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै