prabhu

मुक्तिनाथ विकास बैंकको ‘तीज विशेष अफर’ योजना सञ्चालन, विभिन्न सेवा विशेष छुट

Muktinath Bikas Bank
  • बैंकिङ संसार
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीजको पावन अवसरमा ‘मुक्तिनाथ तीज विशेष अफर’ योजना ल्याएको छ ।
यस योजना अन्तर्गत भदौ २०७९ भित्र मुक्तिनाथ विकास बैंकमा ‘मुक्तिनाथ महिला पेवा बचत खाता’ खोल्ने नारीहरुले पाउनेछन् १ लाख सम्मको चिकित्सा सम्बन्धी बीमा, निस्शूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (पहिलो वर्षको लागि), निस्शूल्क मोबाइल बैंकिङ (पहिलो वर्षको लागि) र Tranquility Spa को विभिन्न सेवामा ५० प्रतिशत सम्म छुट (भदौ २०७९ महिनाका लागि ) ।
यस योजनामा शर्तहरु लागु हुनेभएकाले यस योजनाका बारे थप जानकारीका लगि बैंकको नजिकैको शाखामा सम्पर्क गर्न सकिनेछ । यो योजनाले नारीहरुको सम्मान गर्दै नारीहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निस्शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै