PRABHU BANK

नेपाल इन्सुरेन्सको २१ लाख ५७ हजार कित्ता सेयर लिलामी बिक्री खुला हुने, कहिले सम्म पाइन्छ भर्न ?

Nepal Insurance
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्सुरेन्सले आज (भदौ ८ गते) देखि सेयर लिलामीमा बिक्री खुला गरेको छ । इन्सुरेन्सले संस्थापक समूहको २१ लाख ५७ हजार ६१५ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो
लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ३२५ रुपैयाँ निर्धारण गरेको छ । त्यसैगरी लगानीकर्ताले ३२५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नु पर्नेछ ।
यसमा कम्पनीकै संस्थापक सेयरधनी, अन्य कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले भदौ २२ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै