ज्योति विकास बैंकको नयाँ शाखा सातदोबाटोमा, कति पुग्यो शाखा संख्या ?

 jyoti bikash bank
  • बैंकिङ संसार 
काठमाडौं । ज्योति विकास बैंकले शाखा विस्तारका क्रममा बिहीबार ललितपुरको सातदोबाटोमा नयाँ शाखाको उद्घाटन गरेको छ। उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालबाट भएको हो ।
कार्यक्रममा ज्योति विकास बैंकका अध्यक्ष श्री हरि चन्द्र खड्काले विगतका दिनमाझैं ज्योति विकास बैंकले सेवाग्राही र समाजको माग अनुसार ल्याइरहेको सेवा र सुविधालाई निरन्तरता दिने र र समाजको हरेक आयाममा बैंकिङ्ग सेवामार्फत योगदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त्त गरेका छन् ।
हाल ज्योति विकास बैंकले नयाँ शाखासहित १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । साथै, यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्