PRABHU BANK

लमजुङको भुलभुलेमा सिभिल बैंकको एटिएम सेवा सञ्चालनमा, अध्यक्ष अर्जुन गुरुङले गरे उद्घाटन !

civil-bank
  • बैंकिङ संसार 
काठमाडौँ । सिभिल बैंक लिमिटेडले लमजुङको भुलभुलेमा नयाँ एटिएम सेवा सञ्चालनमा ल्याएको छ ।संचालनमा ल्याएको उक्त नयाँ एटिएमको उद्घाटन मस्र्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले गरे । कार्यक्रममा बोल्दै गुरुङले ग्रामीण क्षेत्रमा समेत बैंकहरुले पहुँच पुग्नुपर्ने बताए ।
बैंकका गण्डकी प्रदेश प्रमुख समीर केसीले ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्न आफूहरु सफल रहेको बताए । बजारसँगसँगै ग्रामीण क्षेत्रलाई समेत प्राथमिकतामा राखेर सेवा प्रदान गरिरहेको उनले बताए ।
हालसम्म बैंकले ९६ शाखा तथा ६३ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै