- बैंकिङ संसार
काठमाडौँ । प्राइम कमर्सियल बैंकले भदौ २९ गते आइतबार (आज) देखि कन्काई विकास बैंकलाई प्राप्ती (एक्विजिशन) गरी एकीकृत कारोबारको सुरु गरेको छ । यी दुई संस्थाबीच मर्जर प्राप्ती सम्झौताको तीन महिनापछि बैंकले प्राइम कमर्सियल बैंकको नामबाटै एकीकृत कारोबार सुरु भएको हो ।
प्राइमले कन्काईलाई १००ः ७१.५ शेयर स्वाप रेसियोमा प्राप्ती गरेको हो । यी दुई बैंकको साउन २२ गते सम्पन्न विशेष साधारण सभाबाट एक्विजिसन सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए ।