PRABHU BANK

स्वाभिमान लघुवित्तले २४ प्रतिशत बोनस दिने, साथमा कर तिर्न १.२७ प्रतिशत नगद पनि

 swabhiman laghibitta
  • बैंकिङ संसार 
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले पनि २४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । संस्थाको बिहीबार बसेको सञ्चालक समिति बैठकले उक्त बोनस सेयर दिने निर्णय गरेको हो । साथै संस्थाले बोनसमा लाग्ने कर तिर्न पनि १.२७ प्रतिशत नगद लाभांश दिनेछ ।
स्वाभिमानले १ करोड ४८ लाख ४६ हजार ६४० रुपैयाँ बराबरको बोनस सेयर दिनेछ । उक्त बोनस वितरणपछि संस्थाको चुक्ता पुँजी ७ करोड ६७ लाख ७ हजार ६४० रुपैयाँ पुग्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै