काठमाडौँ । ज्योति विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि १० जना, जूनियर ट्रेनी असिस्टेन्टका लागि ४० जना गरी जम्मा ५० जना कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले कात्तिक १३ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।