PRABHU BANK

हिमालयन बैंकले सेयरधनीहरुलाई २२% लाभांश दिने !

himalayan bank
  • बैंकिङ संसार 
काठमाडौं । हिमालयन बैंकले आफ्ना सेयरधनीहरुलाई २२% लाभांश दिने निर्णय गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १०% बोनस सेयर र १२% नगद लाभांश दिने निर्णय गरेको हो । 
बैंकले ८५ करोड २० लाख २५ हजार ५८४ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ  भने १ अर्ब २ करोड २४ लाख ३० हजार ७०१ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । बैंकको उक्त लाभांश नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ । 
बोनस वितरणपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार रुपैयाँ पुग्नेछ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै